कैलालीको गुर्गी सिँचाइ बाँध अन्योलमा, किसान आक्रोशित: ‘अधिकार हो, भीख होइन’

Image
Nisarga Hospital

कैलालीको कैलारी गाउँपालिकास्थित ऐतिहासिक गुर्गी सिँचाइ बाँध निर्माण अन्योलमा परेपछि स्थानीय किसानहरू आक्रोशित बनेका छन्। निर्माण संघर्ष समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै लामो समयदेखि चर्चामा रहेको आयोजना कार्यान्वयनमा नआउँदा हजारौँ किसान प्रभावित भएको जनाएको छ।

CP Hospital Dhangadhi

संयोजक बाबुराम चौधरीका अनुसार सरकारले पटक–पटक बजेट छुट्याए पनि काम अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८२/८३ मा ३ करोड रुपैयाँ विनियोजन भए पनि हाल स्रोत सुनिश्चित नहुँदा योजना अनिश्चित बनेको छ।

Attariya Hospital

यसैगरी बसन्ता–नारायणपुर जोड्ने कटेनी नदीमा पुल निर्माणका लागि छुट्याइएको ५५ लाख रुपैयाँ पनि प्रभावित भएको छ। किसानहरूले सिँचाइलाई आफ्नो मौलिक अधिकार भन्दै शीघ्र काम अघि बढाउन माग गरेका छन्। माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

nawajiwan
Advertize US