अपराजित आर्मीको तेस्रो पीएम कप उपाधि, सुदूरपश्चिम उपविजेता

Image
Nisarga Hospital

त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रो पटक जितेको छ। वीरगन्जमा सम्पन्न फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो।

CP Hospital Dhangadhi

सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पूरा गर्‍यो। इमरान शेखले अविजित ४६ रन र बसिर अहमदले ४५ रन बनाउँदै ९६ रनको निर्णायक साझेदारी गरे। सुदूरका हेमन्त धामीले २ विकेट लिए।

Attariya Hospital

पहिले ब्याटिङ गरेको सुदूर १६१ रनमै अलआउट भयो। अशोक धामीले ४३ रन बनाउँदा आर्मीका आकाश चन्द र शाहब आलमले ३–३ विकेट लिए।

nawajiwan

आर्मी प्रतियोगिताभर अपराजित रह्यो, लिग चरणमा ८ खेल जित्दै फाइनलमा पुगेको हो। सुदूर पहिलोपटक फाइनल खेलेको थियो। आर्मीले यसअघि २०१७ र २०२१ मा उपाधि जितेको थियो।

Advertize US