होर्मुजमा दोधार: इरान–अमेरिका विवादले बढायो वैश्विक चिन्ता

Image
Nisarga Hospital

इरानी सरकारी सञ्चारमाध्यमअनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले रणनीतिक होर्मुज स्ट्रेटमा पुनः पूर्ण नियन्त्रण लिने घोषणा गरेको छ। सशस्त्र बलले कडा निगरानी गर्ने बताइए पनि इरानले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाउँदै नाकाबन्दीलाई ‘समुद्री लूट’ भनेको छ।

CP Hospital Dhangadhi

यसअघि युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि जलमार्ग खुला गरिएको जानकारी दिइएको थियो। अमेरिकी राष्ट्रपति Donald Trump ले धन्यवादसमेत व्यक्त गरे, तर केही मिनेटमै नाकाबन्दी जारी रहने बताएका छन्।

Attariya Hospital

यी विरोधाभासपूर्ण अभिव्यक्तिले होर्मुजको वास्तविक अवस्था अन्योलपूर्ण बनेको छ। केही जहाज आवतजावत गरे पनि पूर्ण सुरक्षाको अवस्था स्पष्ट छैन। इरानले नाकाबन्दी नहटे मार्ग बन्द गर्ने चेतावनी दिँदा विश्वव्यापी इन्धन आपूर्ति र क्षेत्रीय सुरक्षामा गम्भीर अनिश्चितता बढेको छ।

nawajiwan
Advertize US