कञ्चनपुरको शुक्लाफाटामा वन्यजन्तु सप्ताह: संरक्षण, सचेतना र समृद्धिको सन्देश

Image
Nisarga Hospital

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा वैशाख १ गतेदेखि वन्यजन्तु सप्ताह सुरु भई विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित उत्साहपूर्वक मनाइँदैछ। ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।

CP Hospital Dhangadhi

सप्ताहअन्तर्गत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, क्षति नियन्त्रण तथा जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वातावरण, वन्यजन्तु र जैविक विविधताबारे स्थानीय समुदाय, विद्यार्थी तथा सरोकारवालालाई सचेतना दिइएको छ।

Attariya Hospital

सोमबार अर्जुनी क्षेत्रमा सरसफाइ तथा संरक्षणसम्बन्धी कार्यक्रमसहित सप्ताह समापन गरिने तयारी छ। यसै अवसरमा बाह्रसिङ्गा (स्वाम्प डियर) गणना कार्यक्रम पनि सुरु गरिनेछ। अघिल्लो गणनामा २,३०३ बाह्रसिङ्गा भेटिएकोमा यसपटक संरक्षण प्रयासका कारण संख्या वृद्धि हुने अपेक्षा गरिएको छ।

nawajiwan