एनसेलको ‘पहिलो सिम’ अफर: एसईई विद्यार्थीका लागि डिजिटल सिकाइ र मनोरञ्जनको नयाँ संसार

Image
Nisarga Hospital

देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायक Ncell ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि विशेष आकर्षक ‘पहिलो सिम’ अफर सार्वजनिक गरेको छ। सस्तो मूल्यमा आधुनिक डिजिटल सुविधासहित ल्याइएको यो अफरले विद्यार्थीलाई अध्ययन, मनोरञ्जन र कनेक्टिभिटीको नयाँ अनुभव दिने लक्ष्य लिएको छ।

CP Hospital Dhangadhi

कर सहित मात्र रु. ५० मा उपलब्ध यो प्रिपेड सिममार्फत विद्यार्थीहरूले आफ्नै रोजाइअनुसार मोबाइल नम्बर छनोट गर्न पाउने सुविधा पनि प्राप्त गर्नेछन्। साथै, सिमसँगै २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ५० मिनेट टक टाइम र २८ दिनका लागि निःशुल्क डिजिटल सेवा प्याकेज समावेश गरिएको छ।

यस अफर अन्तर्गत ‘मेरो स्कुल’ नामक डिजिटल लर्निङ प्लेटफर्ममा पूर्ण पहुँच प्रदान गरिएको छ, जहाँ विद्यार्थीहरूले पाठ्यक्रमअनुसारका भिडियो सामग्रीमार्फत सहज रूपमा अध्ययन गर्न सक्नेछन्। त्यस्तै, ‘गेमिङ प्रिमियर लिग (GPL)’ मार्फत HTML आधारित विभिन्न मनोरञ्जनात्मक खेलहरूको अनुभव लिन सकिनेछ, जसले सिकाइसँगै मनोरञ्जनलाई पनि सँगै अघि बढाउनेछ।

nawajiwan
Attariya Hospital

एनसेलले डिजिटल पहुँचलाई अझ सरल बनाउन लोकप्रिय मोबाइल वालेट Khalti मा निःशुल्क प्रयोग सुविधा पनि उपलब्ध गराएको छ, जसमा कुनै डाटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। साथै, रु. ५० वा सोभन्दा बढीको रिचार्जमा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटा समेत प्राप्त हुनेछ।

देशभरका एनसेल सेन्टरहरूबाट सजिलै उपलब्ध हुने यो सिम लिन विद्यार्थीले एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको फोटोकपी अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। आवश्यक प्रमाणीकरणपछि सिम तत्काल सक्रिय गरिनेछ।

एनसेलका अनुसार यो अफरले विद्यार्थीहरूलाई डिजिटल संसारसँग जोड्दै अध्ययन र सञ्चारलाई अझ प्रभावकारी बनाउनेछ। कम्पनीले युवा पुस्तालाई प्रविधिमैत्री बनाउन ‘पहिलो सिम’लाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ।