अब विद्युत महसुल पूर्ण डिजिटल हुदै: धनगढीको महसुल काउन्टर सेवा बन्द हुने

Image
Nisarga Hospital

नेपाल विद्युत प्राधिकरण अन्तर्गत धनगढी वितरण केन्द्रले विद्युत महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय गरेको छ। केन्द्रले जारी गरेको सूचनाअनुसार २०८३ असार १ गतेदेखि कार्यालयमा सञ्चालन हुँदै आएको नगद तथा काउन्टरमार्फत महसुल संकलन सेवा पूर्ण रूपमा बन्द गरिनेछ। उक्त मितिपछि सेवाग्राहीहरूले अनिवार्य रूपमा डिजिटल माध्यमबाट मात्रै महसुल भुक्तानी गर्नुपर्नेछ।

CP Hospital Dhangadhi

प्राधिकरणले यो निर्णय नेपाल सरकारको डिजिटल भुक्तानी प्रवर्द्धन नीतिअनुसार गरिएको जनाएको छ। यसबाट सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने झन्झट हट्नुका साथै समय र खर्च दुवैको बचत हुने अपेक्षा गरिएको छ।

Attariya Hospital

महसुल भुक्तानीका लागि eSewa, Khalti, ConnectIPS लगायत बैंकिङ एप तथा अन्य डिजिटल वालेट प्रयोग गर्न आग्रह गरिएको छ। साथै, अनलाइन भुक्तानी सेवा २४ घण्टा उपलब्ध रहने हुँदा जुनसुकै समयमा सजिलै भुक्तानी गर्न सकिनेछ। यस कदमले डिजिटल कारोबारलाई थप प्रोत्साहन दिँदै सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

nawajiwan