ज्योतिषीका अनुसार कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् बैशाख ८ गते मंगलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०८ बैशाख २०८३ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा साथ नमिल्नाले आत्माबलमा कमी आउनेछ। अर्थ अभावले योजना रोकिन सक्लान्। अरुको स्वार्थमा उपयोगी भइएला सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिस्पर्धीहरूबाट पनि सहयोग मिल्नेछ। मित्रता र प्रेमको सम्बन्ध कसिनेछ। लेखन वा अभिव्यक्ति कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नहोला। खर्चिलो कामले अर्थ अभाव निम्त्याउनेछ। सामाजिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म कर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयआर्जनका नयाँ स्रोतहरू निर्माण हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीहरूलाई जीवनसाथी बाट उपहार मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरिएका कामको राम्रो प्रतिफल प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ र प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सकिनेछ। मेहनतले सफलता दिलाउनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा मान प्रतिष्ठा बढ्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रशासनिक पक्षबाट सहयोग मिल्नेछ। नयाँ कार्य हात लाग्नेछ। यात्रा रमाइलो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर आहारविहारमा ध्यान दिनुहोस्। आजको शुभ रंग आकाशे हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त हरूको मध्य रमाइलो समय बित्ला। पहिला गरिएका कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। काममा उत्साह र गति आउनेछ। सामूहिक गरिने कार्यबाट फाइदा मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भाव बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलिको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट

Dhnagadhi & Krishanapur