मध्यपूर्वका १२ देशमा श्रमस्वीकृति पुनः खुला, वैदेशिक रोजगारीमा राहत

Image
Nisarga Hospital

सरकारले मध्यपूर्वसहित १२ देशमा वैदेशिक रोजगारीका लागि रोकिएको श्रमस्वीकृति पुनः खुला गरेको छ। इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ देखि रोकिएको श्रमस्वीकृति सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयपछि पुनः सुरु गरिएको हो। अब साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण सबै प्रकारका श्रमस्वीकृति पाइनेछ।

CP Hospital Dhangadhi

वैदेशिक रोजगार विभागका अनुसार गत अवधिमा श्रमस्वीकृति रोकिँदा विदेश जाने नेपालीको संख्या उल्लेख्य रूपमा घटेको थियो। चालु आर्थिक वर्षमा फागुन र चैत महिनामा मात्र करिब २४ हजार श्रमस्वीकृति कमी देखिएको छ। यूएई, कतार र साउदी अरब प्रमुख गन्तव्य देशमा समेत श्रमिकको संख्या घटेको तथ्यांकले देखाएको छ।

Attariya Hospital

परराष्ट्र मन्त्रालयको उच्चस्तरीय आपत्कालीन प्रतिकार्य कार्यदलको सिफारिसपछि श्रमस्वीकृति खुला गरिएको हो। यस निर्णयले वैदेशिक रोजगारीमा जाने नेपालीलाई राहत मिल्ने र रोजगारीको अवसर पुनः विस्तार हुने अपेक्षा गरिएको छ।

nawajiwan