मोजतबा खामेनीको मौनता रहस्य बनेपछि स्वास्थ्यबारे दाबी, पूर्वमन्त्रीले ‘पूर्ण स्वस्थ’ बताए

Image
Nisarga Hospital

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ८ मार्चमा पदभार ग्रहण गरेपछि अहिलेसम्म सार्वजनिक रूपमा नदेखिएको विषयले विश्वभर चासो बढाएको छ। न भाषण, न सार्वजनिक उपस्थिति र न त कुनै नयाँ तस्बिर नै बाहिर आएपछि उनको अवस्था र स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

CP Hospital Dhangadhi

यसबीच इरानका पूर्व पर्यटन मन्त्री तथा इरान ब्रडकास्टिङका पूर्व प्रमुख इज्जतुल्लाह जरगामीले खामेनी पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत अहिले खामेनीका तस्बिर वा अडियो सार्वजनिक गर्नु उपयुक्त नहुने भन्दै निराधार हल्लामा ध्यान नदिन आग्रह गरेका छन्।

Attariya Hospital

सर्वोच्च नेता बनेपछि ४० दिनभन्दा बढी समय सार्वजनिक नदेखिए पनि उनका नाममा केही लिखित वक्तव्यहरू जारी भएका छन्। हालै उनले सुन्नी धर्मगुरुहरूलाई पिताको निधनमा समवेदना व्यक्त गरेकोमा धन्यवाद दिएका थिए। तर लामो मौनताले इरानभित्र र अन्तर्राष्ट्रिय स्तरमा उनको वास्तविक अवस्थाबारे चासो अझै बढाइरहेको छ।

nawajiwan