मुख्यमन्त्री कमल शाह: नयाँ जनादेश अनुसार प्रदेश–स्थानीय निर्वाचन आवश्यक

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश अनुसार तत्काल प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाका पदाधिकारीसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्।

CP Hospital Dhangadhi

उनले भाद्र २३ र २४ को नवयुवा आन्दोलनको भावना अनुसार संघ सरकार बनेझैँ प्रदेश र स्थानीय तहमा पनि चाँडो निर्वाचन हुनुपर्नेमा जोड दिए। त्यसका लागि संघ सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

Attariya Hospital

अर्को प्रसंगमा मुख्यमन्त्री शाहले प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पारे। उनले लोकतान्त्रिक अभ्यास सुदृढ गर्न स्वतन्त्र पत्रकारिताको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।

nawajiwan