
बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान विष्णु को पूजा गर्ने विशेष दिन मानिन्छ। यस दिन व्रत बस्दा धन, सन्तान र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

साथै देवी लक्ष्मी को पूजा पनि गरिन्छ, जसले घरमा सुख–समृद्धि ल्याउने जनविश्वास रहेको छ। यो व्रत प्रायः शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ र अनुराधा नक्षत्र परेमा झन् शुभ मानिन्छ।

व्रत बस्ने व्यक्तिले बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्नुपर्छ। त्यसपछि पहेँलो फूल र चन्दन मिसाएर प्रसाद तयार गरी भगवानलाई अर्पण गरिन्छ। ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जाप गर्ने परम्परा छ।

यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म गर्ने मान्यता रहेको छ, जसले जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिन्छ।





























