शुक्रबार व्रतको धार्मिक महत्त्व: लक्ष्मी प्रसन्न बनाउन विशेष पूजा विधि

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीले शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी तथा लक्ष्मी माताको विशेष पूजा–आराधना गर्ने परम्परा छ। यस दिन अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा पनि गरिन्छ। धर्मशास्त्रअनुसार विधिपूर्वक व्रत बस्दा आर्थिक समृद्धि र पारिवारिक सुख प्राप्त हुने विश्वास छ।

CP Hospital Dhangadhi
Attariya Hospital

व्रत बस्नेले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नुपर्ने तथा अमिलो खान नहुने मान्यता छ। सेतो वस्त्र धारण गर्नु, खीर पकाएर गरिबलाई वितरण गर्नु पुण्य कार्य मानिन्छ। यस दिन श्रद्धापूर्वक व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साथै शुक्र ग्रह शान्तिका लागि दान–पुण्य गर्नु पनि शुभ मानिन्छ।

nawajiwan