मध्यपूर्व वार्ता पुनः सुरु हुने संकेतसँगै तेलको मूल्यमा गिरावट

Image
Nisarga Hospital

मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यसहित दोस्रो चरणको वार्ता फेरि सुरु हुने निश्चित भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा हुने वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तान प्रस्थान गर्ने तयारीमा रहेको पुष्टि भएपछि बजारमा सकारात्मक संकेत देखिएको हो।

CP Hospital Dhangadhi

अमेरिका–इजरायल र इरानबीचको तनावपछि खाडी क्षेत्रमा सैन्य आक्रमण र प्रत्याक्रमणले ऊर्जा आपूर्ति प्रभावित बनेको थियो। हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा अवरोध र नाकाबन्दीको आशंकाले विश्व इन्धन आपूर्तिमा अस्थिरता ल्याएको थियो, जसले तेलको मूल्य १०० डलर नाघ्ने अवस्थासम्म पुगेको थियो।

Attariya Hospital

तर हाल वार्ता पुनः सुरु हुने संकेत र युद्धविराम विस्तारको सहमतिले बजारमा विश्वास बढेको छ। सोही कारण कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ भने अन्तर्राष्ट्रिय शेयर बजार पनि सकारात्मक देखिएको छ।

nawajiwan

विश्लेषकहरूका अनुसार वार्ता सफल भए मध्यपूर्वको तनाव घट्ने र ऊर्जा आपूर्तिमा स्थिरता आउने अपेक्षा गरिएको छ। तर अमेरिकी–इरानी प्रत्यक्ष वार्ताको सम्भावना अझै स्पष्ट नभएकाले बजार पूर्ण स्थिर भएको छैन।