
बनबेहडा: हेमा श्री फाउन्डेसन नेपाल द्वारा आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै शैक्षिक सामग्री बितरण गरेको छ।
स्थापना दिवसको अवसरमा फाउन्डेसनले बिपन्न,आर्थिक अवस्था कमजोर र जेहेन्दार २५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री झोला,कापी र कलम प्रदान गरिएको थियो।

संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर उप प्रमुख भोज बहादुर बम,बिशिस्ट अतिथी वडा नं-६,वडा अध्यक्ष टेक बहादुर कुँवर,महिला बालबालिका तथा सेभ हाउस अध्यक्ष जानकी मलासी र अमर माध्यमिक बिधालय अध्यक्ष दान बहादुर कुँवर रहनु भएको थियो।
उक्त स्थापना दिवस कार्यक्रममा बोल्दै नगर उप प्रमुख बम द्वारा बिपन्न,आर्थिक अवस्था कमजोर र जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै फाउन्डेसनले दिन दु:खीहरुका साथै बिद्यार्थीहरुको सारथीको रुपमा काम गर्दै धैरै ठाउँमा समेत गएर फाउन्डेसन बाट सामाजिक सेवाको कार्य हुनु सुखद भएको र झन् बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराईनु अत्यन्तै प्रंशसनिय कार्य गरेको बताउनु भयो। कार्यक्रममा सुभकामना ब्यक्त गर्दै सहभागीहरुले परोपकार नै महान पुन्य हो भन्ने भावना राखेर कार्य गर्दै काम गर्नुपर्ने र मन,वचन र कर्मले सबैजना यसरी सामाजिक कार्यमा लाग्न उत्प्रेरित गरे।हेमा श्री फाउन्डेसनले पिडामा रहेका नेपालीहरु लाई सहयोग गर्दै आएको छ।

फाउन्डेसनले पढ्न नपाएका असहाय बालबालिका,उपचार नपाएका ब्यक्तीहरु,मृगौला पिडितहरु लाई सहयोग गर्दै आएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले जानकारी दिनु भएको छ। साथै उहाँले बागेश्वरी असहाय बाल संरक्षण केन्द्र बाँके सँग सहकार्य गर्दै यस बर्ष देखि अनाथ बालबालिका पालनपोषण गर्दै आईरहेको बताउनु भयो।

सो कार्यक्रममा दृस्टी ग्रामीण बिधुत सहकारी अध्यक्ष वीर बहादुर शाह,नव दुर्गा सामुदायिक बन अध्यक्ष चिरञ्जीवी छेडाल,विभिन्न बिधालयका शिक्षक,फाउन्डेसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। वडा भित्रका अमर माध्यमिक बिधालय,कैलाली भिजन स्कुल,बिणा बिद्या मन्दीर स्कुल,जुपिटर स्कुल र भैरब आधारभुत बिधालयमा अध्ययनरत करिब २५ जना आर्थिक अवस्था कमजोर र जेहेन्दार बिद्यार्थीहरु लाई उक्त शैक्षिक सामाग्री बितरण गरिएको थियो।
शैक्षिक सामाग्री झोला,कापी र कलम पाएपछी बिद्यार्थीहरु खुशी हुँदै फाउन्डेसन लाई धन्यवाद ब्यक्त गरेका छन।
फाउन्डेसनको बार्सिक कार्य प्रतिबेदन र स्वागत सभाध्यक्ष हेमन्त बाजेले ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन फाउन्डेसनका सचिब चक्रजित रावलले गर्नु भएको थियो।






























