होर्मुजमा तनाव चुलियो, इरानको अमेरिका विरुद्ध कडा चेतावनी

Image
Nisarga Hospital

इरानी सेनाले अमेरिकाले होर्मुज जलडमरूमा नाकाबन्दी तथा समुद्री अवरोध जारी राखे कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी सेना ले जारी गरेको विज्ञप्तिमा अमेरिकाले यस क्षेत्रमा नाकाबन्दी, समुद्री लुटपाट र डकैतीका गतिविधि बढाए सहन नहुने स्पष्ट गरिएको छ।

CP Hospital Dhangadhi

सेनाका अनुसार अप्रिल १३ यता इरानी बन्दरगाह आसपासको समुद्री यातायातमा अवरोध सिर्जना भएपछि अमेरिकाले केही जहाज नियन्त्रणमा लिएको छ। यस घटनाले दुई देशबीचको तनाव थप चर्किएको बताइएको छ।

Attariya Hospital

इरानले आफ्ना समुद्री अधिकार र सुरक्षा उल्लंघन भएमा कुनै पनि अवस्थामा प्रतिकार गर्न तयार रहने जनाएको छ। होर्मुज क्षेत्र विश्व तेल व्यापारका लागि अत्यन्त संवेदनशील मानिने भएकाले यो विवाद अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

nawajiwan