
कैलालीमा एकैदिन २५३ जनाले रक्तदान गरेका छन्। सन्त निरंकारी मण्डलले मानव एकता दिवसको अवसरमा शनिबार अत्तरिया, टीकापुरलगायत पाँच स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमबाट कुल २५३ पिन्ट रगत संकलन गरिएको मण्डलले जनाएको छ। “रगत नालीमा होइन नाडीमा बगाऔं” भन्ने नारासहित देशभरका ३९ जिल्लामा कार्यक्रम गरिएकोमा सबैभन्दा बढी रगत कैलालीमा संकलन भएको राष्ट्रिय अध्यक्ष नरबहादुर रावलले बताए।

अत्तरियामा मात्र ३८ पिन्ट रगत संकलन भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावलले गर्मीमा रगतको माग बढ्ने भएकाले यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए।































