सेती अस्पतालमा डायलासिस संकट: नयाँ बिरामी भर्ना रोकियो, सेवामा चरम चाप

Image
Nisarga Hospital

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि नयाँ बिरामी भर्ना गर्न असमर्थ भएको जनाएको छ। अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इमर्जेन्सी बाहेकका नयाँ नियमित बिरामीलाई सेवा दिन नसकिने स्पष्ट पारेको हो।

CP Hospital Dhangadhi

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार आवश्यक उपकरण, दक्ष जनशक्ति र भौतिक संरचनाको अभावले सेवा विस्तार गर्न नसकिएको हो। हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना बिरामीलाई नियमित सेवा दिइँदै आएको छ।

उनले इमर्जेन्सी बिरामीलाई भने २४ सै घण्टा सेवा दिइरहेको जानकारी दिँदै नयाँ बिरामीका लागि स्थान, उपकरण र जनशक्ति अपुग भएको बताए। प्रत्येक बिरामीलाई हप्तामा दुई पटक डायलासिस आवश्यक पर्ने भएकाले सेवा सञ्चालनमा थप दबाब परेको छ।

nawajiwan
Attariya Hospital

डायलासिस फाँटका इन्चार्ज शेरबहादुर महतराका अनुसार दैनिक कम्तीमा चार जना बिरामी सेवा नपाई फर्किन बाध्य छन्। सीमित १४ जना स्वास्थ्यकर्मीले बिहान ५ बजेदेखि राति ११ बजेसम्म काम गरिरहेका छन्।

अस्पतालले प्रदेश र संघीय सरकारलाई जानकारी गराए पनि आवश्यक सहयोग नपाएपछि यस्तो निर्णय लिनुपरेको जनाएको छ। नयाँ बिरामीलाई सहज सेवा दिन कम्तीमा ५० वटा मेसिन र पर्याप्त जनशक्ति आवश्यक रहेको अस्पतालको भनाइ छ।