इन्दिरा गान्धी विमानस्थलमा स्विस एयर जहाजमा आगलागी, ६ जना घाइते

Image
Nisarga Hospital

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ठूलो दुर्घटना टरेको छ। जुरिखतर्फ उडान भर्न लागेको स्विस एयरको एयरबस ए३३० (उडान LX147) टेकअफको क्रममा इन्जिनमा समस्या आएपछि आगलागी भएको हो।

CP Hospital Dhangadhi

उडानको क्रममा बायाँ इन्जिन फेल भएपछि जहाजबाट धुवाँ निस्किएको र दायाँ ल्यान्डिङ गियर नजिकै आगो देखिएपछि चालक दलले तत्काल आपतकालीन अवस्था घोषणा गर्दै उडान रोकेको एयरलाइन्सले जनाएको छ।

Attariya Hospital

जहाजमा सवार २३२ यात्रु र १३ चालक दलका सदस्यलाई आपतकालीन स्लाइड र सिँढीमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। निकासीका क्रममा भएको भागदौडका कारण ६ जना यात्रु घाइते भएका छन्, उनीहरूको उपचार भइरहेको छ।

nawajiwan

घटनापछि विमानस्थलको रनवे केही समय अवरुद्ध हुँदा अन्य उडानहरू प्रभावित बनेका थिए। एयरलाइन्सले प्राविधिक टोली पठाएर घटनाको विस्तृत अनुसन्धान सुरु गर्ने जनाएको छ।