“गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल”: भारतमा पुगेर पर्यटन महोत्सवको प्रचार अभियान तीव्र

Image
Nisarga Hospital

कैलालीको बुढीतोलामा वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुन गइरहेको पर्यटन महोत्सवलाई लक्षित गर्दै भारतको पलियामा विशेष निमन्त्रणा अभियान सञ्चालन गरिएको छ। सीमा क्षेत्रसँग जोडिएका भारतीय सहर पलिया, लखनउ र लखिमपुरका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो।

CP Hospital Dhangadhi

बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समिति का संयोजक हरिदत्त भट्टराईका अनुसार महोत्सवका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। भारतीय पर्यटकका लागि आकर्षक आवास तथा विशेष पर्यटन प्याकेज समेत तयार गरिएको छ।

पर्यटन व्यवसायी अशोक मल्लले “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” अभियानमार्फत शीतल वातावरणमा रमाउन भारतीय पर्यटकलाई निमन्त्रणा गरिएको बताए। अभियन्ता भरतविक्रम शाहले तराईको गर्मीबाट राहत पाउन बुढीतोला उपयुक्त गन्तव्य भएको उल्लेख गरे।

nawajiwan
Attariya Hospital

बुढीतोला त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर दूरीमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार, कला, भाषा र संगीतको प्रस्तुति रहनेछ।

आयोजकका अनुसार यो महोत्सवले पर्यटन प्रवद्र्धनसँगै नेपाल–भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।