सोमबार व्रतको महत्व: भगवान शिवप्रति श्रद्धा र मनोकामना पूरा हुने धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्र अनुसार सोमबारलाई भगवान शिव को विशेष दिन मानिन्छ। यस दिन भक्तजनले व्रत बसी श्रद्धापूर्वक पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। सोमबारको व्रत सूर्योदयसँगै सुरु भई सूर्यास्तपछि सम्पन्न हुन्छ, र बेलुकाको आरतीपछि मात्र भोजन ग्रहण गरिन्छ।

CP Hospital Dhangadhi

यस दिन शिव र पार्वती को पूजा गरिन्छ भने कुनै पनि पूजा अघि गणेश को आराधना अनिवार्य मानिन्छ। धार्मिक विश्वास अनुसार सोमबारको उपवासले मनोकामना पूरा हुनुका साथै ज्ञान प्राप्ति हुने मान्यता छ।

Attariya Hospital

विशेषगरी अविवाहित महिलाहरूले असल जीवनसाथीको कामना गर्दै सोमबार व्रत बस्ने परम्परा अझै पनि समाजमा जीवित छ। यसरी सोमबारको व्रतलाई आस्था, विश्वास र धार्मिक अनुशासनको प्रतीकका रूपमा लिने गरिन्छ।

nawajiwan