कैलालीको टीकापुरमा अतिक्रमण हटाउने अभियान सुरु

Image
Nisarga Hospital

कैलालीको टीकापुर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती तथा संरचना हटाउन डोजर अभियान सुरु गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार नगर क्षेत्रमा रहेका अतिक्रमित जमिन खाली गराउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याइएको हो।

CP Hospital Dhangadhi

आज टीकापुर नगरपालिका–१ को जमरा पुल क्षेत्रदेखि बसपार्कसम्म अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम भइरहेको उनले जानकारी दिए। नगरका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरी संरचना बनाइएको पाइएको छ।

यससँगै, अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडास्तरमै तथ्यांक संकलनको कामसमेत अघि बढाएको जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur