
हिन्दू धर्म अनुसार मंगलबार भगवान गणेश को पूजा, व्रत र आराधना विशेष फलदायी मानिन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भमा गणेश पूजाको परम्परा रहँदै आएको छ। यस दिन शुद्ध मनले पूजा गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ भने व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक मान्यता छ।

शास्त्रमा गणेश पूजाका १६ विधि वर्णन गरिएका छन्, जसमा आह्वानदेखि आरती र परिक्रमा सम्मका प्रक्रिया समावेश छन्। पूजा गर्दा एकाग्रता र श्रद्धा अनिवार्य मानिन्छ। साथै मंगलबार मांसाहार, मदिरा सेवन तथा जीव हत्या नगर्न सुझाव दिइएको छ, यसले जीवनमा नकारात्मक प्रभाव पार्ने विश्वास छ।

पद्मपुराण अनुसार गणेशलाई लड्डु अत्यन्त प्रिय छ। माता पार्वती ले दिएको लड्डु कथाले मातापिताप्रतिको भक्तिको महत्व देखाउँछ। ‘ग’ बुद्धि र ‘ण’ ज्ञानको प्रतीक भएकाले गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ। उनलाई ‘विघ्नेश्वर’ र ‘विनायक’ का रूपमा पनि पुजिन्छ, जसले जीवनका बाधा हटाउने विश्वास गरिन्छ।
































