
कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनको लागी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका राज बहादुर खड्काको उम्मेदवारी रद्ध भएको छ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने समय तोकिएको खड्कामाथि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र बहादुर खड्काले दावी विरोध गरेका थिए ।
nisarga
उम्मेदवार बन्नका लागि मतदाता हुनुपर्ने संस्थाको व्यवस्था बमोजिम खड्का मतदाता नरहेको पाइएपछि उनको उम्मेदवारी रद्ध गरिएको निर्वाचन समितिले जनाएको छ ।


अब अत्तरिया खानेपानीको अध्यक्षका लागि राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह र नन्दराज भट्टबिच प्रतिस्पर्धा हुने भएको छ ।
































