बुधबारको व्रत र पूजा: समृद्धि र शुभफल प्राप्त गर्ने धार्मिक मान्यता

Image
Nisarga Hospital

हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित हुन्छन्। धेरै श्रद्धालुहरूले आफ्नो आस्थाअनुसार कुनै एक दिन व्रत बसी पूजा–आराधना गर्ने चलन छ। बुधबारलाई ‘बुध’ ग्रहको दिन मानिन्छ र यस दिन विशेष रूपमा भगवान श्रीकृष्ण (विठ्ठल स्वरूप) तथा गणेशजीको पूजा गरिन्छ। तुलसीपत्रले पूजा गर्नु शुभ मानिन्छ भने नयाँ कार्य प्रारम्भका लागि पनि बुधबार उत्तम मानिन्छ।

CP Hospital Dhangadhi
Attariya Hospital

धार्मिक विश्वासअनुसार यस दिन व्रत बसेर भगवान कृष्णको भक्ति गर्नेले मनोकामना पूरा हुने फल प्राप्त गर्छ। गाईलाई हरियो घाँस खुवाउनु पुण्यदायी मानिन्छ, जसले देवी–देवताहरूको कृपा प्राप्त हुने विश्वास छ। त्यस्तै, मुंग दाल दान गर्दा कष्ट निवारण हुन्छ भन्ने मान्यता रहेको छ। बुध ग्रहको अशुभ प्रभाव कम गर्न गणेशजीलाई सिन्दुर र लड्डु अर्पण गर्नु विशेष फलदायी मानिन्छ।

nawajiwan