धनगढीमा लामो प्रतीक्षापछि लाइसेन्स वितरण सुरु, ३१ हजारभन्दा बढी लाभान्वित

Image
Nisarga Hospital

यातायात व्यवस्था कार्यालय धनगढीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य पुनः सुरु गरेको छ। कार्यालयका सूचना अधिकारी सुरेश ओखेडाका अनुसार आजदेखि सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन थालिएको हो। यातायात व्यवस्था विभागले धनगढी कार्यालयका लागि प्रिन्ट गरिएको ३१ हजार ७८० वटा लाइसेन्स पठाएको जनाएको छ।

CP Hospital Dhangadhi

उक्त लाइसेन्समध्ये २०७८ साल पुसदेखि २०८१ साल चैतसम्मका ३१ हजार ५८५ जना र २०८३ साल वैशाख ४ देखि ७ गतेसम्मका १९५ जनाको लाइसेन्स समावेश रहेको जानकारी दिइएको छ। कार्यालयले सेवाग्राहीलाई राजश्व बुझाएको भौचर वा निस्सासहित उपस्थित भई लाइसेन्स बुझ्न अनुरोध गरेको छ।

Attariya Hospital

लाइसेन्स तयार भए/नभएको वा कार्यालयमा पुगे/नपुगेको जानकारी लिन पहिले कार्यालयको फेसबुक पेज जाँच गर्न आग्रह गरिएको छ। सरकारले हालै ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स उपलब्ध गराउने निर्णय लागू गरेसँगै वितरण प्रक्रिया तीव्र भएको छ। लामो समयपछि लाइसेन्स पाउँदा सेवाग्राही उत्साहित देखिएका छन्।

nawajiwan