सर्वोच्चको निर्णयपछि लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले कर्मचारी खटायो

Image
Nisarga Hospital

कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी खटाएको छ। सर्वोच्च अदालतले प्रदेश सरकारको पक्षमा निर्णय गर्दै प्रादेशिक अस्पताल बनाउने बाटो खोलिदिएपछि सरकार सक्रिय भएको हो।

CP Hospital Dhangadhi

सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा आठौँ तहका डा. कमलेशप्रसाद यादव र लेखा अधिकृतमा छैटौँ तहका गणेश विष्टलाई खटाएको छ। वैशाख १५ को निर्णयअनुसार उनीहरूलाई जिम्मेवारी दिइएको हो। यसअघि सर्वोच्चमा दायर रिटमा अन्तरिम आदेश नदिएपछि अस्पताल विवादमा प्रदेश सरकारलाई सहज भएको हो।

Attariya Hospital

नगरपालिकाले दायर गरेको रिटपछि विवाद चुलिएको थियो। प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि चालु वर्षमा साढे चार करोड रुपैयाँ विनियोजन गरेको छ। साथै १४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ। यससँगै लम्कीचुहा अस्पताल पूर्ण रूपमा प्रदेश मातहत सञ्चालनको बाटो खुलेको छ।

nawajiwan