डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन, स्थानीयमा सहज स्वास्थ्य सेवाको अपेक्षा

Image
Nisarga Hospital

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ देवखेतमा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले अस्पताल भवनको उद्घाटन गर्दै सेवा सुरु गरेका हुन्।

CP Hospital Dhangadhi

उद्घाटनसँगै एक एमबीबीएस चिकित्सकको व्यवस्थापनमा स्वास्थ्य सेवा प्रारम्भ गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिइन्। संघीय सरकार र गन्यापधुरा गाउँपालिकाको संयुक्त लगानीमा करिब १३ करोड रुपैयाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको हो। अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले सामान्यदेखि आधारभूत उपचार सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

विशेषगरी आकस्मिक सेवा, सामान्य रोगको उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका सुविधा गाउँमै उपलब्ध हुने जनाइएको छ। स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विस्तार भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई समयमै उपचार पाउने अवसर बढ्ने विश्वास लिइएको छ। गाउँपालिकाले अस्पताललाई आवश्यक जनशक्ति र उपकरण थप गर्दै सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

nawajiwan