ग्वालावारीमा भोलि निःशुल्क दन्त शिविर सञ्चालन

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ वाणीस्थित ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेशकै पहिलो डेन्टल सेवा प्रदायक संस्था सुदूरपश्चिम डेन्टल हस्पिटल, गोदावरी–१ अत्तरिया, कैलाली को प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको हो।

CP Hospital Dhangadhi

आयोजकका अनुसार शिविर भोलि २०८३ बैशाख १९ गते शनिबार बिहान ८:०० बजेदेखि साँझ ५:०० बजेसम्म ग्वालावारी सामुदायिक वनको हलमा सञ्चालन हुनेछ।

शिविरमा दाँतसम्बन्धी निःशुल्क जाँच, आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिने जनाइएको छ। स्थानीय बासिन्दाहरूलाई उपस्थित भई सेवा लिन आयोजकले अनुरोध गरेको छ।

nawajiwan
Attariya Hospital

ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल भारतीले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा सचेतना बढाउनुका साथै सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने र छिट्टै आँखा सम्बन्धिको स्वास्थ्य शिविर समेत सञ्चालन गरिने बताए।

स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट विशेषगरी सामुदायिक वनले आफ्ना उपभोक्ताहरू लाभान्वित हुने अपेक्षा गरेको छ।