कैलालीको खानीडाँडाको राताम्य काफल: महिलाको आत्मनिर्भरता र स्थानीय अर्थतन्त्रको आधार

Image
Nisarga Hospital

कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा यतिबेला सडक किनार राताम्य काफलले सजिएको देखिन्छ। बिहानदेखि साँझसम्म काफल बेच्दै गरेका महिलाहरूको चहलपहलले यो क्षेत्र सिजनल बजारजस्तै बनेको छ। जंगली फल काफल यहाँका महिलाहरूका लागि केवल फल मात्र होइन, जीवनयापनको मुख्य आधार बनेको छ।

CP Hospital Dhangadhi

स्वावलम्बी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत काफल, फलफूल तथा तरकारी संकलन र बिक्री हुँदै आएको छ। करिब ५ सय महिला शेयर सदस्य रहेको सहकारीले उत्पादन संकलन गरी सदस्यहरूलाई उपलब्ध गराउँदै आएको छ, जसले उनीहरूलाई घरआँगनमै रोजगारी दिएको छ।

संस्थाकी अध्यक्ष दीपा धामीका अनुसार सहकारीले किसान र बजारबीच सेतुको काम गर्दै आएको छ। “चुरे–५ का विभिन्न क्षेत्रबाट काफल संकलन गरी अत्तरिया, धनगढी र डडेल्धुरासम्म बिक्री गर्छौं,” उनले भनिन्। उनका अनुसार एक सातामै १० देखि १५ क्विन्टल काफल बिक्री भइरहेको छ।

nawajiwan
Attariya Hospital

स्थानीय व्यापारी खगिसरा सापकोटाका अनुसार डोटीको बडिकेदार क्षेत्रबाट पनि काफल ल्याइन्छ। सिजन सुरु भएको एक हप्तामै दैनिक ४० देखि ५० केजी बिक्री भइरहेको छ।

स्थानीय स्तरमै उत्पादन संकलन र बजारीकरण सहज भएपछि गाउँमै रोजगारीका अवसर बढेका छन्। यसले वैदेशिक रोजगारीको बाध्यता घटाउँदै आत्मनिर्भर बन्ने बाटो खोलेको छ।

सामाजिक सञ्जालको प्रभावले अत्तरिया, धनगढी र महेन्द्रनगरबाट समेत काफल खान आउनेको संख्या बढेको छ। राजमार्ग यात्रुका लागि काफल मायाको चिनो बनेको छ भने खानीडाँडाका महिलाहरूको मेहनत र आत्मनिर्भरताको प्रेरणादायी कथा बनेको छ।