भोली बुढीतोला पर्यटन महोत्सवमा चर्चित लोक गायक पुश्कल शर्मा सहित स्थानिय कलाकारको प्रस्तुति रहने

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा बैशाख १७ गतेदेखि सुरु भएको पर्यटन महोत्सवले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह थपेको छ। बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन समिति तथा बजार व्यवस्थापन समितिको आयोजनामा जारी महोत्सवमा सुदूरपश्चिमको मौलिक कला, संस्कृति र स्थानीय पहिचानलाई उजागर गर्ने लक्ष्य राखिएको छ।

CP Hospital Dhangadhi

महोत्सवको मुख्य आकर्षणका रूपमा भोलि बैशाख १९ गते चर्चित लोक गायक पुश्कल शर्माको विशेष प्रस्तुति रहनेछ। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत दर्शकले हेर्न पाउनेछन्।

nawajiwan
Attariya Hospital

यस पर्यटन महोत्सवमा गायिका एलिना चौहान, ज्योती मगर, चक्र बम, टंक तिमिल्सिना र कमल विरहीलगायत कलाकारले स्टेज तताउने भएका छन्।

बुढीतोला पर्यटन महोत्सव समितिका संयोजक हरि दत्त भट्टराईका अनुसार महोत्सवमा सुदूरपश्चिमको पहिचान सहित ६० वटा स्टल रहेका छन्, जहाँ स्थानीय उत्पादन, हस्तकला र व्यवसायिक सामग्री प्रदर्शन तथा बिक्री भइरहेको छ। विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।

आयोजकले आर्थिक लाभभन्दा पनि स्थानीय कला, संस्कृति, उत्पादन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताएका छन्। महोत्सवले बुढीतोलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।