बैतडीमा ११० हेक्टर वन क्षेत्र अतिक्रमण, बजार विस्तारसँगै जोखिम बढ्दै

Image
Nisarga Hospital

बैतडी जिल्लामा करिब ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ। जिल्लाभर ८६ हजार ५८१ हेक्टर वन क्षेत्रमध्ये विभिन्न पालिका र बजार क्षेत्रमा अतिक्रमण बढ्दै गएको देखिएको छ।

CP Hospital Dhangadhi

सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकाको सीमा क्षेत्र ढोले बजार, गिरिजाबगर, जमीटाड, रुइनचौर लगायतका स्थानमा वन क्षेत्र अतिक्रमण भएको छ। साथै रसेडाखाली, साँफेबगर बजार क्षेत्र, टकरे, जुकेपानी, गर्जे र मडेखोला क्षेत्रमा पनि वन अतिक्रमण फैलिएको छ।

Attariya Hospital

डिलाशैनी गाउँपालिकाका दुलर्भ सामुदायिक वन, दशरथचन्द नगरपालिका–९ गिवाखोला, दनपा–१ रतेडी, मेलौलीका कृष्ण र दुर्गा वेताल सामुदायिक वन क्षेत्र पनि प्रभावित भएका छन्।

nawajiwan

पाटन बजार र बुढीचौर क्षेत्रमा सडक विस्तारसँगै घर तथा पसल निर्माणले वन क्षेत्र घट्दै गएको छ। डिभिजन वन कार्यालयका अनुसार नियन्त्रण प्रयास जारी रहे पनि अतिक्रमण चुनौतीपूर्ण बन्दै गएको छ।