अत्तरियामा रहेको ‘दिव्या रोजिन एण्ड टर्पेन्टाइन’ पुनः सञ्चालनको माग, स्थानीयले रोजगारी गुमेको गुनासो

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित पृथ्वीनगर टोलका स्थानीय बाबुराम बालम्पाकीले सरकारी उद्योग निजीकरणपछि आफूहरू बेरोजगार बनेको गुनासो गरेका छन्। सृजनशील युवा क्लबद्वारा आयोजित कार्यक्रममा सांसद खेमराज कोइरालालाई स्वागत गर्दै उनले दिव्यारोजिन टर्पेन्टाइन उद्योग सरकारी हुँदा करिब १० वर्ष रोजगारी पाएको बताए।

CP Hospital Dhangadhi

उनका अनुसार २०६० सालदेखि निजी क्षेत्रमार्फत लिजमा सञ्चालनमा गएको उद्योगले धेरै श्रमिकलाई रोजगारीबाट वञ्चित बनाएको छ। उनले उक्त उद्योगलाई पुनः सरकारको नियन्त्रणमा ल्याई सञ्चालन गर्न माग गरेका छन्।

Attariya Hospital

बालम्पाकीले उद्योग पुनः सञ्चालन भएमा तराईदेखि पहाडसम्मका हजारौं व्यक्तिले रोजगारी पाउने विश्वास व्यक्त गरे। साथै, विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गरी परिवारसँग बस्न सक्ने वातावरण बनाउन सरकारसँग पहल गर्न आग्रह गरेका छन्।

nawajiwan