सुदूरपश्चिम मोबाइल व्यवसायी संघको नयाँ नेतृत्व : अध्यक्षमा सन्तोष मण्डल धानुक चयन

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम मोबाइल व्यवसायी संघको अध्यक्षमा सन्तोष मण्डल धानुक चयन भएका छन्। धनगढीमा सम्पन्न संघको तेस्रो साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

CP Hospital Dhangadhi

नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा उमेश भट्ट र उपाध्यक्षमा सरताज आलम चयन भएका छन्। महासचिवको जिम्मेवारी निरज भट्टले पाएका छन् भने सचिवमा भानदेव जोशी चयन भएका छन्। कोषाध्यक्षमा दीपक अग्रवाल चयन भएका छन्।

Attariya Hospital

त्यस्तै, सह–सचिवमा गोविन्द मुखिया र सह–कोषाध्यक्षमा सुनील बम चयन भएका छन्। सदस्यहरूमा सुनिलबहादुर बम, दिनेश जैशी, लोकेरा सुतारी, दीपेन्द्र चौधरी, मनीष पाठक, पानसिंह धामी, शैलेन्द्र ग्वाल र ओमप्रकाश कुँवर रहेका छन्। संघका सल्लाहकारमा बिरेन्द्र थलाल र दीपक बहादुर देउवा चयन गरिएको छ।

nawajiwan

नवनिर्वाचित नेतृत्वले संघलाई अझ सक्रिय, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। साथै, मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। संघले आगामी दिनमा व्यवसायीमैत्री कार्यक्रमहरू विस्तार गर्ने लक्ष्य लिएको छ।