ऐलानी जग्गामा सांसदकै घर : सुकुम्बासी हटाउने अभियानबीच खनालमाथि प्रश्न, यस्तो भने सांसदले

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले देशभर सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने अभियान चलाइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको घर पनि ऐलानी जग्गामा रहेको सार्वजनिक भएको छ। यससँगै सरकारी कदममाथि नैतिक प्रश्न उठ्न थालेका छन्।

CP Hospital Dhangadhi

खनालले आफ्नो परिवार लामो समयदेखि कैलालीको लम्कीचुहा क्षेत्रमा ऐलानी जग्गामा बसोबास गर्दै आएको स्वीकार गरे। तर नदी किनारा अतिक्रमण नगरेको दाबी गर्दै उनले तराईका धेरै परिवारजस्तै आफूहरू पनि लालपुर्जा बिना बस्दै आएको बताए।

उनका अनुसार लम्कीचुहामा मात्र करिब १६ हजार ५ सय परिवार ऐलानी जग्गामा छन्। विगतमा भूमि आयोगमार्फत लालपुर्जा दिने आश्वासन पटक–पटक आए पनि कार्यान्वयन नभएको उनले उल्लेख गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खनालले ऐलानी जग्गामा बसोबास गर्नेहरूलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। साथै, आफूलाई लक्षित गरी गलत ढंगले समाचार प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।

Dhnagadhi & Krishanapur