लिपुलेक मार्ग विवादमा भारतको स्पष्ट अडान—‘पुरानै यात्रा, संवादका लागि तयार’

Image
Nisarga Hospital

भारतले लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट पारेको छ। नेपाल सरकारले कूटनीतिक पत्र पठाएपछि भारतले उक्त मार्ग नयाँ नभई सन् १९५४ देखि सञ्चालनमा रहेको पुरानो यात्रा मार्ग भएको दाबी गरेको हो।

CP Hospital Dhangadhi

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार लिपुलेक पास हुँदै हुने यात्रा दशकौँदेखि निरन्तर चलिरहेको छ र यसलाई नयाँ विषयका रूपमा प्रस्तुत गर्न नमिल्ने बताएका छन्। उनले यस विषयमा भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको पनि उल्लेख गरेका छन्।

Attariya Hospital

साथै, भारतले नेपालसँग रहेका द्विपक्षीय सम्बन्धअन्तर्गतका सबै मुद्दामा रचनात्मक संवादका लागि आफू तयार रहेको जनाएको छ। सीमासम्बन्धी बाँकी रहेका विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै भारतले वार्ता र समझदारीलाई प्राथमिकता दिने संकेत गरेको छ।

nawajiwan