कञ्चनपुर इँटा उद्योगमा ट्याक्टरको ठक्कर : दुई जनाको मृत्यु, एक गम्भीर घाइते

Image
Nisarga Hospital

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च गाउँ’स्थित न्यू इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।

CP Hospital Dhangadhi

गएराति काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले कामदारहरूलाई किच्दा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

Attariya Hospital

दुर्घटनामा भारत उत्तरप्रदेश बहराइचका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइए पनि सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

nawajiwan

यस्तै, ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।