कृष्णपुर नगरपालिकामा निःशुल्क कर्मकाण्ड तथा जनै बनाउने तालिम सञ्चालन हुदै

Image
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्थानीयलाई सीपयुक्त र आत्मनिर्भर बनाउने उद्देश्यसहित निःशुल्क कर्मकाण्ड तथा जनै बनाउने तालिम सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालय, गुलरिया कञ्चनपुरले सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई तालिममा सहभागी हुन आह्वान गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

तालिममा सहभागी हुन चाहने व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ बैशाख २८ गतेसम्म कार्यालय समयभित्र रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ।

थप जानकारीका लागि सम्बन्धित रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ। उक्त सूचनामा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले हस्ताक्षर गरेका छन्।

नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले यस्तो तालिमले परम्परागत सीप संरक्षणसँगै रोजगारी सिर्जनामा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।