यूएई हमलापछि भारतीय नागरिक घाइते, प्रधानमन्त्री मोदीको कडा प्रतिक्रिया सार्वजनिक

Image
Nisarga Hospital

यूएई (दुबई/फुजैराह क्षेत्र) मा भएको आक्रमणप्रति भारतले कडा आपत्ति जनाउँदै समस्या समाधानका लागि वार्ता र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएको छ। नरेन्द्र मोदी ले सामाजिक सञ्जाल एक्समा लेख्दै सर्वसाधारण र नागरिक संरचनामाथि हुने आक्रमण अस्वीकार्य भएको उल्लेख गरेका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री मोदीले आक्रमणमा घाइते भएका तीन भारतीय नागरिकप्रति चिन्ता व्यक्त गर्दै भारत यूएईसँग दृढ रूपमा उभिएको बताएका छन्। साथै उनले क्षेत्रीय शान्ति, स्थिरता र विश्व ऊर्जा सुरक्षाका लागि होर्मुज जलडमरूमध्यबाट जहाजहरूको सुरक्षित आवागमन अत्यन्त आवश्यक रहेकोमा जोड दिएका छन्।

Attariya Hospital

यसैबीच, भारतको विदेश मन्त्रालयले पनि यूएईको फुजैराहमा भएको घटनालाई ‘अस्वीकार्य’ भन्दै तत्काल हिंसा रोक्न आह्वान गरेको छ। यूएईको रक्षा मन्त्रालयले मे ४ मा इरानतर्फबाट मिसाइल प्रहार भएको दाबी गर्दै त्यसलाई आफ्नो प्रतिरक्षा प्रणालीले अवरोध गरेको जनाएको छ।

nawajiwan

घटनाले मध्यपूर्वमा तनाव बढाएको देखिए पनि भारतले सबै पक्षलाई संयम अपनाउँदै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।