बैतडीमा कृषक पाठशाला सञ्चालनः बारीमै सिकाइ, महिलाको आयआर्जनमा नयाँ आशा

Image
Nisarga Hospital

बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा कृषक पाठशाला स्थापना गरिएको छ। किसानलाई प्रत्यक्ष बारीमै आधुनिक कृषि प्रणालीबारे ज्ञान दिन “दिगो आम्दानीमार्फत महिला उद्यमी सशक्तिकरण” परियोजनाअन्तर्गत जलवायुमैत्री कृषक पाठशाला सञ्चालनमा ल्याइएको हो।

CP Hospital Dhangadhi

परियोजना प्रमुख भूपाल बोहराका अनुसार पाठशालाले कृषकलाई तरकारी खेतीसम्बन्धी परामर्श, रोग–किरा नियन्त्रणका उपाय र उत्पादन वृद्धि गर्ने प्रविधि सिकाउनेछ। कृषि प्राविधिकहरूले कृषककै खेतबारीमा पुगेर प्रयोगात्मक अभ्यास गराउने भएकाले सिकाइ अझ प्रभावकारी हुने विश्वास गरिएको छ। यसले परम्परागत खेतीलाई सुधार गर्दै आधुनिक विधि अपनाउन सहज बनाउने अपेक्षा गरिएको छ।

Attariya Hospital

यसअघि सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि यस्ता पाठशाला सञ्चालन भइसकेका छन्। कार्यक्रममार्फत रासायनिक विषादीको प्रयोग घटाउँदै वैकल्पिक र वातावरणमैत्री उपायबाट बाली संरक्षणमा जोड दिइनेछ।

nawajiwan

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र ऐरले यस्तो पहलले विशेषगरी महिलाहरूको आर्थिक सशक्तिकरणमा ठूलो टेवा पुग्ने बताए। कृषक पाठशालाले स्थानीय स्तरमै सीप र ज्ञान विस्तार गर्दै दिगो कृषि प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।