सेमिकन्डक्टर क्षेत्रमा भारतको फड्को: दुई नयाँ परियोजनामा ४१ करोड डलर लगानी स्वीकृत

Image
Nisarga Hospital

विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान सुदृढ बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख अमेरिकी डलर बराबरका दुई नयाँ परियोजनालाई स्वीकृति दिएको छ। सोमबार राति सरकारले अनुमोदन गरेका यी परियोजनामध्ये एक एलइडी डिस्प्ले उत्पादन केन्द्र र अर्को सेमिकन्डक्टर प्याकेजिङ युनिट रहेको छ।

CP Hospital Dhangadhi

यी नयाँ परियोजनासँगै भारतमा सेमिकन्डक्टरसम्बन्धी परियोजनाको संख्या १२ पुगेको छ। ती परियोजनामा कुल करिब १७ अर्ब २० करोड डलर बराबरको लगानी प्रतिबद्ध रहेको बताइएको छ। यसले भारतलाई विश्व इलेक्ट्रोनिक्स उत्पादनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने सरकारी रणनीतिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

भारतले सन् २०२१ देखि घरेलु चिप उत्पादन क्षमता विस्तार गर्ने दीर्घकालीन योजना अघि बढाउँदै आएको छ। आयातमा निर्भरता घटाउने, आपूर्ति शृङ्खला सुरक्षित बनाउने र प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले उत्पादन, डिजाइन तथा प्याकेजिङ क्षेत्रमा निरन्तर लगानी बढाइएको छ।

nawajiwan

विशेषज्ञहरूका अनुसार यी पहलहरूले भारतलाई भविष्यमा सेमिकन्डक्टर उद्योगको प्रमुख खेलाडी बनाउने आधार तयार पारिरहेका छन्।