गोदावरी–३ मा लागू औषधविरुद्ध जनचेतनामूलक कार्यक्रम, १६० विद्यार्थी सहभागी

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–३ मा लागू औषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको सहयोगमा अत्तरिया मिडिया प्रालिले ग्वासी मावि र नवज्योति माविमा कार्यक्रम सञ्चालन गरेको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा लागू औषध न्यूनीकरण, युवालाई यसको दुव्र्यसनबाट जोगाउने उपाय तथा पछिल्लो समय बढ्दो प्रयोग रोकथामका विषयमा सचेतना प्रदान गरिएको थियो। प्रशिक्षकका रूपमा प्रहरी सहायक निरीक्षक महेश सिंह भण्डारी र सहायक प्रशिक्षक गोपाल जोशीले प्रशिक्षण दिएका थिए।

Attariya Hospital

कक्षा ९ देखि १२ सम्मका १६० भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा वडा अध्यक्ष तेज राज अवस्थीले यस्तो कार्यक्रम विद्यार्थी जीवनका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए। उनले अनुशासन र सही मार्गदर्शनले मात्र सफल भविष्य निर्माण हुने धारणा राखे।

nawajiwan

प्रधानाध्यापक शान्ति देवी भट्टले कार्यक्रमको प्रशंसा गर्दै यसले सकारात्मक सन्देश दिएको बताइन्। विद्यार्थीहरूलाई सचेत रहन र नकारात्मक गतिविधिबारे जानकारी दिन आग्रह गरिएको थियो।