उपाध्यक्ष शान्ति नाथ हिरासत मुक्त, अनुसन्धान जारी रहने

Image
Nisarga Hospital

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका क्रममा हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि मुक्त गरिएको जनाएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार अनुसन्धानको प्रारम्भिक निष्कर्षमा थप हिरासत आवश्यक नदेखिएपछि नाथलाई छोडिएको हो। घटनासम्बन्धी अनुसन्धान भने निरन्तर जारी रहने उनले स्पष्ट पारे।

गत वैशाख ३ गते हरिकिसन रानाको हत्या भएको आरोप लगाउँदै उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकी थिइन्। त्यसपछि २०८२ वैशाख ९ गते बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक हरिकिसन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए।

nawajiwan
Attariya Hospital

घटनापछि प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ र अनुसन्धान गरे पनि ठोस निष्कर्षमा पुग्न सकेको थिएन। एक वर्षपछि परेको जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भई नाथलाई पक्राउ गरिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रकाश भण्डारीका अनुसार मिसिल र बयानका आधारमा तत्काल दोषी ठहर गर्ने अवस्था नदेखिएकाले हिरासत आवश्यक थिएन।

यसैबीच, घटनामा लापरवाही भएको भन्दै रानाथारु समुदायका अगुवाहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।