चुरे गाउँको जीवनरेखा: परम्परागत पानी घट्टमै अन्न पिसानीको सहारा

Image
Nisarga Hospital

शुक्लाफाँटा नगरपालिका अन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमै निर्भर छन्। गाउँमा अन्न पिस्ने एकमात्र भरपर्दो माध्यम यही घट्ट बनेको छ।

CP Hospital Dhangadhi

यस वर्ष गाउँसम्म विद्युत् तार विस्तार भए पनि सेवा सञ्चालनमा नआएकाले स्थानीयहरू दैनिक पिठोका लागि घट्टमै आश्रित छन्। पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलनले सञ्चालक परिवारको जीविकोपार्जनमा समेत सहयोग पुर्‍याउँदै आएको छ।

५० वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार यही घट्ट सञ्चालनमा निर्भर छ। कुलो मर्मतदेखि सम्पूर्ण व्यवस्थापन धामी परिवारले गर्दै आएको छ। उनी भन्छन्, “घट्टबाट प्राप्त पिठोले करिब चार महिना पुग्छ, बाँकी समय पाखो जमिनको उत्पादनले धान्छ।”

nawajiwan
Attariya Hospital

एक दशकअघि दार्चुलाबाट पहिरोका कारण विस्थापित भएर आएका धामी परिवार हाल धारापानी खोला नजिकै बसोबास गर्दै आएको छ। उनीहरूले सानो किराना तथा चियापसल पनि सञ्चालन गरेका छन्। तर सडक असुविधा र पर्यटक घटेकाले आम्दानी घटेको उनीहरूको गुनासो छ।

स्थानीय जयलाल धामीका अनुसार पानीको अभावले घट्टको गति सुस्त हुँदा दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ। तीन किलोमिटर वनमार्ग पार गरेर मिल पुग्नुपर्ने बाध्यताले पनि घट्ट नै मुख्य विकल्प बनेको हो।

चारैतिर जङ्गल र नदीले घेरिएको धारापानीमा हाल १४ परिवार बसोबास गर्दै आएका छन्, जहाँ जीवन अझै परम्परागत धागोमै बाँधिएको छ।