अतिक्रमित सरकारी जग्गा पहिचान गर्न शुक्लाफाँटा–८ मा विशेष टोली परिचालन

Image
Nisarga Hospital

शुक्लाफाँटा नगरपालिका–८ कार्यालयले वडाभित्र अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न विशेष टोली परिचालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै सात दिनभित्र सम्बन्धित विवरण उपलब्ध गराउन सबै सरोकारवालासँग आग्रह गरेको हो।

CP Hospital Dhangadhi

वडा कार्यालयका अनुसार नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा शुक्लाफाँटा नगरपालिकाको निर्देशनअनुसार सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण, अभिलेखीकरण तथा व्यवस्थापन अभियानलाई प्रभावकारी बनाउन टोली परिचालन गर्न लागिएको हो।

सूचनामा विद्यालय, धार्मिक संस्था, सहकारी, उपभोक्ता समिति, सामुदायिक वन समूह तथा टोल विकास संस्थालगायतलाई आफ्नो क्षेत्रभित्र अतिक्रमण भएका सार्वजनिक जग्गाको वास्तविक विवरण वडा कार्यालयमा बुझाउन अनुरोध गरिएको छ। विवरण इमेल तथा व्हाट्सएपमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

वडा कार्यालयले तोकिएको समयभित्र तथ्यगत विवरण प्राप्त नभए प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।