बाजुरामा १५ वर्षसम्म पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई झन्डै १८ करोड जरिबाना

Image
Nisarga Hospital

सडक डिभिजन कार्यालय साँफेबगरले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल निर्माण सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना गरेको छ। उक्त रकम असुलउपर गर्न प्रक्रिया अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाहका अनुसार पटकपटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि कम्पनीले बेवास्ता गरेपछि सार्वजनिक सूचना जारी गर्दै कारबाही प्रक्रिया अघि बढाइएको हो। २०८३ मंसिर १५ गते ठेक्का रद्द गरिएको उक्त कम्पनीलाई २०८३ चैत ९ गते ३५ दिने सूचना जारी गरी जरिबाना रकम दाखिला गर्न भनिएको थियो।

Attariya Hospital

निर्धारित समयभित्र रकम नतिरेपछि अब सरकारी बाँकी सरह असुलउपर गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत पठाउने तयारी गरिएको छ। मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्डमा पर्ने गुइगाड खोलाको पुल निर्माण नहुँदा स्थानीयले अझै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

nawajiwan