होर्मुज क्षेत्रमा तनाव चर्कियो: अमेरिकामाथि आक्रमण उल्लंघनको इरानको आरोप

Image
Nisarga Hospital

इरान ले संयुक्त राज्य अमेरिका माथि युद्धविराम उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकाले जास्क क्षेत्रबाट होर्मुज जलडमरूमध्यतर्फ गइरहेका इरानी जहाजलाई निशाना बनाएको दाबी गरेका छन्।

CP Hospital Dhangadhi

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, खामिर, सिरिक र केशम टापु आसपासका नागरिक क्षेत्रमा पनि हवाई आक्रमण गरिएको आरोप लगाइएको छ। त्यसको प्रतिकारस्वरूप इरानी सेनाले होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्र र चाबहार बन्दरगाह नजिक रहेका अमेरिकी सैन्य जहाजमाथि हमला गरी “उल्लेख्य क्षति” पुर्‍याएको दाबी गरेको छ।

Attariya Hospital

इरानले अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै कुनै पनि आक्रमणको कडा र निर्णायक जवाफ दिइने स्पष्ट पारेको छ।

nawajiwan