बैंकिङ्ग कसुर आरोपमा पूर्व राष्ट्रिय सभा सदस्य पार्कीविरुद्ध पक्राउ पुर्जी

Image
Nisarga Hospital

अत्तरिया: तत्कालीन जगतबहादुर पार्की विरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। कैलाली जिल्ला अदालतले उनलाई चार महिनाअघि नै वारेन्ट जारी गरे पनि उनी हालसम्म प्रहरीको सम्पर्कबाहिर रहेका छन्।

CP Hospital Dhangadhi

डडेल्धुराको आलिताल गाउँपालिका–७ निवासी पार्कीविरुद्ध धनगढी–३ का नरेशबहादुर थापाले चैत २ गते मुद्दा दायर गरेका थिए। अदालतले चैत १७ गते पक्राउ पुर्जी जारी गरेको हो।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मुद्दा अदालतमा बुझाइसकिएको छ भने काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको बुझिएको छ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan

प्रहरी वृत्त बानेश्वरको टोलीले केही दिनअघि उनलाई निवासमै खोजेपनि फेला पार्न नसकेको बताइएको छ।