सेवा–सुविधा समाजका लागि : धनगढी मेयर हमालद्वारा लाखौँको शैक्षिक सहयोग

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल ले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधाको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अभियानलाई निरन्तरता दिएका छन्। शुक्रबार उनले धनगढीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै शिक्षा क्षेत्रमा सहयोग विस्तार गरेका हुन्।

CP Hospital Dhangadhi

मेयरमा निर्वाचित भएदेखि नै सरकारी सेवा–सुविधा व्यक्तिगत रूपमा उपयोग नगर्ने घोषणा गरेका हमालले हालसम्म प्राप्त अधिकांश रकम शिक्षा, गौ–सेवा तथा असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरिएको थियो।

nawajiwan

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो। उक्त सहयोगबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र तथा दक्षिणकाली विद्यालयका २ सय ६९ जना लाभान्वित भएका थिए।

Attariya Hospital

आर्थिक वर्ष २०८०/०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा कमजोर नतिजा ल्याएका १७ सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजर वितरण गरिएको थियो। यस कार्यमा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो।

चालु आर्थिक वर्ष २०८१/०८२ मा भने धनगढीका ४७ सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ विद्यार्थीलाई १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको छ।

नगर प्रमुख हमालका अनुसार हालसम्म सेवा–सुविधाबाट ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ। त्यसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने बाँकी रकममा उनले व्यक्तिगत रूपमा ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गरी कुल ४४ लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनाएका छन्।

विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार र सामाजिक अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले आफूले यो अभियान निरन्तर अघि बढाइरहेको हमालले बताएका छन्।