प्रेम नेपालीको हुड्केली डकुमेन्ट्री “मोहर कलि” सार्वजनिक

Image
Nisarga Hospital

डोटी: सायल गाउँपालिका वडा नं. १ डोटीको सहयोगमा म्युजिकल डकुमेन्ट्री हुड्केली गीत “मोहर कलि” शुक्रबार सार्वजनिक भएको छ । नजर मिडिया प्रा.लि. डोटीको व्यवस्थापनमा गायक प्रेम नेपालीको हुड्केली गीत “मोहर कलि” प्रेम नेपाली अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

CP Hospital Dhangadhi

शुक्रबार बिहान एक कार्यक्रमका बिच सायल गाउँपालिका १ डोटीका वडा अध्यक्ष एवं प्रमुख अतिथि लाल बहादुर रोकायाले गीतको भिडियो प्ले गरेर विमोचन गरेका थिए । तर गीत भने दिउँसोको ४ बजे युट्युबमार्फत सार्वजनिक गरिएको नजर मिडिया प्रा.लि.का समाचार प्रमुख एवं गायक प्रेम नेपालीले बताए ।

विमोचन पश्चात् प्रतिक्रिया दिदै वडा अध्यक्ष रोकायाले थोरै लगानीमा भए पनि तयार पारिएको हुड्केली म्युजिकल डकुमेन्ट्रीले चित्रण गरेको कथा वस्तु प्रशंसनीय भएको भन्दै स्थानीय कला संस्कृति संरक्षण संवर्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मौलिक परम्परागत र लोपोन्मुख कला संस्कृतिको जगेर्ना गर्ने, कलाकारलाई प्रोत्साहन गर्ने लगाएत कामहरू स्थानीय सरकारको दायित्वभित्र पर्ने भएकोले आगामी दिनमा पनि यस्तो खालका कार्यक्रम गर्न वडा अध्यक्ष रोकायाले प्रतिवद्धता समेत व्यक्त गरे । साथै हुड्केलीका अन्य भागहरु समेटेर आगामी दिनमा नयाँ सिर्जना पस्किनुपर्नेमा उनलेे जोड दिए ।

nawajiwan
Attariya Hospital

प्रेम नेपालीको शब्द, लय तथा स्वर रहेको उक्त गीतमा गायीका गौरी भट्ट र हरिना नाथले स्वरमा साथ दिएकी छन् । बिनोद बाजुरालीको एरेञ्जमा सागर बाजुरालीले रेकर्ड गरेको उक्त गीत खडक बाजुरालीले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका हुन् । मालश्री रेकर्डिङ्ग स्टुडियो काठमाण्डौमा तयार पारिएको गीतको सायल गाउँपालिका वडा नं. १ मा छायाङ्कन गरिएको थियो ।

भिम थापाको निर्देशनमा अमृत उपाध्यायले छायाङ्कन गरेको म्युजिकल डकुमेन्ट्रीमा सुरेश थापा, अनु खड्का र साथीहरूको अभिनय रहेको छ । मेकअप बबिता बोहराले गरेकी छन् भने भिडियो सम्पादन, कलरिङ्ग तथा मिक्सिङ प्रविण रेश्मी मगरले गरेका हुन् । खप्तड फिल्मस् को पोष्ट प्रोडक्सनमा भिडियो तयार गरिएको हो । हेर्नुस भिडियोमा –