कैलालीको गोदावरी सामुदायिक वनमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ लामामोडस्थित गोदावरी सामुदायिक वन क्षेत्रमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी ३० वर्ष उमेरका ती पुरुषको शव शुक्रबार भेटिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

शवको नाम, थर र स्थायी ठेगाना हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्थानीयले वन क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको हो।

Attariya Hospital

शवको प्रकृति र मृत्युको कारणबारे पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा शंका उत्पन्न हुने कुनै स्पष्ट कारण नदेखिएको बताइए पनि घटनालाई गम्भीरतापूर्वक लिएर अध्ययन अघि बढाइएको छ।

nawajiwan

शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने पहिचान खुलाउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीको भनाइ छ। घटनाले स्थानीय क्षेत्रमा केही समय तनाव र कौतुहलता सिर्जना गरेको छ।